Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा

जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा

  • 131
    SHARES
  • जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल र  पहाड बचाउन जरुरी रहेको बताएका छन् । मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पहाड बचाएर वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘जलवायु परिवर्तन भैइरहेको छ । हामीले हिमाल बचाउन जरुरी छ । पहाड बचाउन जरुरी छ , पहाड बाचे  हाम्रो अस्तित्व पनि बाच्दछ । हामीले  वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने छ । नेपाललाई बढि भन्दा बढि हराभरा बनाएर जलवायु परिवर्तनलाई रोक्न सक्छौं ।’

    साथै उनले नेपाल आयातको भरमा टिकेको बताउँदै क्वालिटीमा जानुपर्ने बताए । उनले सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा भएकाले यसमा सरकारले सहयोग गर्ने बताए ।

    उनले भने, ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो ।

    त्यसैले व्यापारीहरु व्यापार गर्नुस्, उद्योगीहरु उद्योग खोल्नुस्, के के सहयोग चाहिएको हो हामी सहयोग गर्छौं । हाम्रो देश ठूला दुई देशको बीचमा छ । त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij