Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

  • 500
    SHARES
  • सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    जाजरकोट । बारेकोट गाउँपालिका-८ बाट नलगाड नगरपालिका-५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नंको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन् ।

    images

    बारेकोट गाउँपालिका-८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरूमा बारेकोट गाउँपालिका-८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका-५ का १८ वर्षीय मिलन शाही घाइते भएका छन् ।

    घाइतेहरूको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरीले जनाएको छ । चालक बारेकोट-८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ । जिप बलबहादुरले चलाउँदा दुर्घटना भएको बताएको छ । गाडी नलगाड नदीमा खसेको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology