Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

१० लाख जरिवाना भएपछि फरार एक पक्राउ

१० लाख जरिवाना भएपछि फरार एक पक्राउ

  • 132
    SHARES
  • १० लाख जरिवाना भएपछि फरार एक पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले रु १० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीं) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौं बुढानिलकण्ठका ४५ वर्षीय निता भण्डारीलाई आज पक्राउ गरेको हो ।

    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख ६ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए । 

    पक्राउ परेकी भण्डारीले आफ्नो मुक्तिनाथ विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

    पक्राउ परेकी भण्डारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।   

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology