Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

समाचार हटाउने भनी दिएको रिट खारेज

समाचार हटाउने भनी दिएको रिट खारेज

  • 121
    SHARES
  • समाचार हटाउने भनी दिएको रिट खारेज

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी दिएको रिट निवेदन खारेज गरेको छ ।

    अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले आज धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेस गरेको रिट निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

    ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित समाचार हटाउन माग गर्दै अदालतमा रिट दायर गरिएको थियो । अदालतका सूचना अधिकारी श्रेष्ठले यसअघि अदालतले बोर्डका अध्यक्ष श्रेष्ठकाबारेमा प्रकाशित समाचार हटाउन अन्तरिम आदेश दिएको भए पनि आज भएको आदेशमा रिट नै खारेज भएसँगै समाचार हटाउन नपर्ने भएको बताए ।

  • सम्बन्धित विषय:

  • # खारेज

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij