Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

  • 199
    SHARES
  • ०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

    काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदबाटै एउटा शक्तिशाली छानबिन आयोग बनाएर ०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा उनले नेपाली काङ्ग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर एकपटक आँट गर्ने हो भने बल्ल यो जेनेरेशनका मान्छेले काङ्ग्रेसलाई विश्वास गर्ने बताए ।

    थापाले भने, ‘२०४६ सालको जनआन्दोलन पछि नेपाली काङ्ग्रेस पार्टी सत्तामा आएको हो । सत्तामा आएपछि वडादेखि केन्द्रको सत्तासम्म जस जसले जिम्मेवारी लिएका छौ वा सांसद भएका थियौं, मन्त्री भयौं, वडा अध्यक्ष भयौं, मेयर भयौ उनीहरु सबैका लागि एक शक्तिशाली छानविन आयोग बनाउन लगाऔं । आयोगमा देशले पत्याएको मान्छे छानौ । कुनै पार्टीको भागबन्डा नगरि मान्छे छानौ र त्यो मान्छेलाई ०४६ साल पछाडि काम गरेका, जिम्मेवारीमा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गराउन लगाउ । छानविनको दायरमा जो परेपनि कांग्रेसले चुइक्क विरोध नगरौं । आयोगले जे भन्छ त्यो कुरालाई मानौं । यस्तो कामको आँट गरियो भने मात्र नयाँ जेनेरेशनले कांग्रेसको कुरा सुन्छ ।’

    यस्तै, उनले नयाँ पुस्ताहरुमा पार्टीमा भएका नेताहरु चरम भ्रष्ट भएको कारणले देशको अवस्था राम्रो नभएको भन्ने छाप परेको पनि बताए । उनले भने, ‘अहिलेका नयाँ उमेर समूहका व्यक्तिलाई के लाग्छ भने नेपाल आजको दिनमा गएगुज्रेको अवस्थामा छ । यो अवस्थामा पुर्‍याउने काम नेपालका पार्टीहरुले नै गरेका हुन् भन्ने ठानेका छन् । के कारणले यस्तो भएको भन्दा नेताहरु चरम भ्रष्ट भएको कारणले हो भन्ने लागेको छ ।’

    नयाँ जेनेरेशजले प्रमाण र यथार्थता खोज्ने हुनाले नयाँ जेनेरेशनसँग कुरा गर्नको लागि उनीहरुको कुरा पहिला सुनेर अगाडि बढ्नुपर्ने पनि उनको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायतले आफ्नो धारणा राखेका थिए । 

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij