Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अध्यक्ष यादव भन्छन्- जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन

अध्यक्ष यादव भन्छन्- जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन

  • 117
    SHARES
  • अध्यक्ष यादव भन्छन्- जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन

    भक्तपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर नपार्ने बताएका छन् ।

    रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उहाँले पाँच सांसद रहेको आफ्नो दलको समर्थन फिर्ताले सरकारलाई खासै असर नपर्ने बताए ।

    अध्यक्ष यादवले भने, “हामीले जुन विषय र कुरा उठान गरेर सरकारलाई समर्थन गरेका थियौँ, त्योअनुसार सरकार चलेन, हामीले भनेजस्तो नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा हाम्रो पार्टी पुगेको हो । तर हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन ।” 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij