Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नेपाल अझै पनि धान चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

नेपाल अझै पनि धान चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

  • 111
    SHARES
  • नेपाल अझै पनि धान चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएको बताएका छन् । आइतबार २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै उनले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएका भन्दै कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्यांकन गर्नु पर्ने अवस्था आएको बताए।

    घिमिरेले भने,‘तथ्यांक अनुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो। कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्यांकन गर्नु पर्ने अवस्था आएको छ। नेपालको अधिकांश खेती अझै पनि आकासे पानीमा निर्भर छ। सिंचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठूलो प्रभाव परेको छ।’

    त्यस्तै उनले उत्पादन प्रणालीलाई आधुनिक बनाउँदै उच्च गुणस्तरीय धान जातको प्रवर्द्धन गर्न सके आयात प्रतिस्थापन मात्र होइन, निर्यातको ढोका पनि खोल्न सम्भव रहेको बताए । घिमिरेले भने,‘हामीले उत्पादन प्रणालीलाई आधुनिक बनाउँदै उच्च गुणस्तरीय धान जातको प्रवर्द्धन गर्न सके आयात प्रतिस्थापन मात्र होइन, निर्यातको ढोका पनि खोल्न सम्भव छ। कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आहवान गर्दै पुन २२ ओ राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दछु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij