वेबटिभी खबर
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताएका छन् ।
संसद् दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेकी छिन्, ‘संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने बिषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, संसद् कमजोर हुँदा जनताका आवाजहरु दबाइन्छन् यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी छ ।’
वि.सं २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij