Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अध्यक्ष नेपाल भन्छन्– नेतृत्वप्रति आक्रोश बढेपनि व्यवस्थाप्रतिको समर्थन घटेको छैन

अध्यक्ष नेपाल भन्छन्– नेतृत्वप्रति आक्रोश बढेपनि व्यवस्थाप्रतिको समर्थन घटेको छैन

  • 110
    SHARES
  • अध्यक्ष नेपाल भन्छन्– नेतृत्वप्रति आक्रोश बढेपनि व्यवस्थाप्रतिको समर्थन घटेको छैन

    जनकपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण  नेतृत्वप्रति जनआक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन् ।

    पार्टीको धनुषा जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन समारोहमा आज यहाँ उनले जनआक्रोस र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताएका हुन् ।

    अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने धारणा व्यक्त गरे । उनले पतञ्जलि जग्गा प्रकरणबारे आफू ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij