Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख घिमिरे

बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख घिमिरे

  • 108
    SHARES
  • बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउने गरी काम गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताएका हुन् ।

    घिमिरेले भने,‘ ऐन वा कानुनको पूर्ण पालनगरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी छ । र यो कसरी गर्न सकिन्छ त्यसतर्फ छलफल केन्द्रीत हुनुपर्छ । वित्तिय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र न्यूनिकरणका उपायहरुबारे विषयगत ढंगबाट छलफल गर्न आवश्यक छ ।’

    उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आधार भनेको नै आर्थिक स्थितीले तय गर्ने धारणा राखे । यस कारण अर्थतन्त्रलाई कसरी दरिलो बनाएर सहि प्रणालीबाट लैजान सकिन्छ भन्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए ।

    घिमिरेले भने,‘सुशासन,सुख, समृद्धि र समानताको मुख्य कुरा भनेको आर्थिक स्थितिले तय गर्छ । समाजका विभिन्न विधाहरु राजनीतिक, सांस्कृतिक, साहित्यिकलगायत विभिन्न विधामा सफलता हुन आर्थिक सम्पन्नता हुनुपर्छ । त्यसैले अर्थतन्त्रलाई कसरी दरिलो बनाउने भन्ने आधारभुत कुरा हो । र यो दरिलो भएर मात्र हुँदैन् । सही प्रणालीबाट कसरी लैजान सकिन्छ, उपार्जन कसरी गर्न सकिन्छ भन्नेबारे पनि ध्यान जानुपर्छ ।’ देखिएको बेरुजुलाई समयमा नै टुंगो लगाउन तीनै तहको सरकार लागि पर्नुपर्ने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij