Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका नौ जनाको सकुसल उद्धार

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका नौ जनाको सकुसल उद्धार

  • 104
    SHARES
  • रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका नौ जनाको सकुसल उद्धार

    काठमाडौं । रसुवाको गोसाइकुण्ड गापा वडा नं २ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ ।

    जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सयुंक्त उद्दार टोलीले उद्दार गरेको हो ।

    सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ ।अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # उद्धार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij