Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

  • 124
    SHARES
  • मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

    जनकपुर । मधेश प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।

    मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका समानुपातिक सांसद उर्मिला देवी सिंहले आफ्नो पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख रामचन्द्र मण्डललाई जानकारी गराएकी छन् ।

    सांसद सिंहले बजेटमा बिचौलियाहाबीभएको र त्यस्को आफूसँग प्रमाण समेत रहेको दाबी गरेकी छन् । उनले मधेशप्रदेशमा धेरै भ्रष्टाचार भएको आरोप समेत लगाएकी छन् । उनले आफ्नो गाउँमाचलिरहेको योजनाको काममाबिचोलियाले आएर गर्दै गरेको दाबी गरेकी छन् । सुखीमधेश समृद्ध मधेश हुनुको साटो सबै माननीय सांसद र मधेश प्रदेशको जनताअहिलेको बजेटले दुखीभएको उनको आरोप छ ।

    सांसद सिंहले सभामुखलाई अभिभावकको भूमिकानिर्वाह गर्दै सबै सांसदहरुको भावनालाई बुझेर कुनै नतिजामापुग्नआग्रह गरिन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij