Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

  • 124
    SHARES
  • राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले राजनीतिक पार्टीहरु सैद्धान्तिक र वैचारिकरुपमापूर्नगठित हुन नसके त्यसको मृत्यु हुने बताएका छन् ।शनिबार सोम प्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू– तुलनात्मक अध्ययन’ विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी पूर्नगठन हरेक राजनीतिज्ञ दलहरुको चुनौतीको रुपमा रहेको भन्दै पूर्नगठन हुन नसकेको पार्टी विलय हुने बताएका हुन् ।

    भट्टराईले भने, ‘हरेक कुराको गठन र पुर्नगठन हुन्छ, हरेक क्षण पुर्नगठन भईरहन्छ जून पूर्नगठन हुदैन त्यसको मृत्यु हुन्छ । हरेक राजनीतिज्ञ दललाई चुनौती छ । जसले आफूलाई पूर्नगठित गर्दैन उसले मृत्यु अवश्य छ । पुस्तकमा भने जस्तो धेरै देशहरुमा कति पार्टी आए कति गए, आज पनि केही  देशहरु वाहेक राजनीतिक स्थाइत्व छैन ।’

    उनले राजनीतिक दलहरु कहिले पनि पाको नहुने भन्दै पार्टीहरु आफूलाई बदल्दै नयाँ स्वरुपका आइरहने बताए । ‘पुराना दलहरु सकिदैछन् । पुराना दलहरुको स्थान नयाँ पार्टीले लिदैछन् भन्ने भाष्यहरु निर्माण हुँदैछ । पुराना दलले के गरे किन हामी भन्दै कविन्द्र जिहरु लाग्दै हुनुन्छ । राजनीतिक दलहरु कहिले पनि पाको हुँदैन । राजनीतिक दलको बुढो हुदैन । बदलिदै जान्छ पर्नगठित हुँदै जान्छ । जून पूर्न गठित हुँदैन बुढो हुन्छ र मृत्यु हुन्छ,’भट्टराईले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij