Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बलात्कार मुद्दा खेपेका पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

बलात्कार मुद्दा खेपेका पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

  • 731
    SHARES
  • बलात्कार मुद्दा खेपेका पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणीको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

    न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो ।

    संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।

    काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि मंगलबार (आज) उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij