Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष प्रचण्ड

मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष प्रचण्ड

  • 91
    SHARES
  • मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताएका छन् ।

    नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ  स्मृति दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीमा  उनले संयुक्त जनआन्दोलनको नीतिका आधारमा आफूहरुले निर्माण गरेको बृहत्तर मोर्चाका साथै तत्कालीन सात दलको संयुक्त जनआन्दोलनका बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताए ।

    सबै देशभक्त कम्युनिष्टले पुष्पलाललाई साझा व्यक्तिका रूपमा स्वीकार्ने बताउँदै अध्यक्ष दाहालले सबै कम्युनिष्ट एकीकृत हुनुपर्नेमा जोड दिए ।

    पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सामाजिक विज्ञानको अनुसन्धानकर्ता, दार्शनिक, चिन्तकका रुपमा आफूले पुष्पलाललाई स्मरण गर्दै आफू ३६ वर्षदेखि नेतृत्वमा रहेर भिन्न मतलाई सम्मान गर्ने गरेको उल्लेख गरे ।

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनअधिकार स्थापनाका लागि निरङ्कुशताविरुद्धको संघर्षमा पुष्पलालले गरेको योगदानको चर्चा गरे ।

    उनले हाल देशमा थुप्रै कम्युनिष्ट पार्टी छरिएकाले तिनलाई एकीकृत गर्न सकेमा पुष्पलालप्रति साँचो सम्मान हुने विचार व्यक्त गरे ।

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले निरङ्कुशताविरुद्ध संघर्ष अगाडि बढाउन पुष्पलालले वर्ग विश्लेषण र राजनीतिक विश्लेषण गर्दै कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे । पुष्पलालले कुशल सङ्गठकको भूमिका निर्वाह गरेको स्मरण उनले गरे ।

  • सम्बन्धित विषय:

  • # मुलुक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij