Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

२६ हजार किलो गाँजा बरामद

२६ हजार किलो गाँजा बरामद

  • 147
    SHARES
  • २६ हजार किलो गाँजा बरामद

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषध गाँजाविरुद्ध आक्रामक अभियान चलाउँदै २६ हजार ७०५ किलो गाँजा बरामद गरेको छ ।

    साथै, खेतबारीमा लगाइएका तथा आफैं उम्रेका १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार प्रदेशभरका सडक, नदी र अन्य स्थानहरूबाट विशेष सूचना तथा अनुसन्धानको आधारमा गाँजाको ओसारपसारमा प्रयोग गरिएका एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट भएका गाडी, तरकारी बोक्ने सवारी साधन र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

    सुनसरीबाट १२ हजार ३७५ किलो, मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट ४ हजार १९४ किलो, उदयपुरबाट १ हजार ८१० किलो र झापाबाट १ हजार ६५१ किलो गाँजा बरामद गरिएको छ । ओसारपसारमा संलग्न १६५ जना पुरुष र २४ जना महिलासहित ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ ।

    त्यस्तै, गाँजाको खेती नष्ट गर्ने क्रममा धनकुटामा १२ लाख ५९ हजार, भोजपुरमा २८ लाख ४६ हजार, उदयपुरमा १६ लाख ८ हजार ५००, सोलुमा २९ हजार ७०० र खोटाङमा २६ हजार २०० गाँजाका बोट र बेर्ना नष्ट गरिएको हो। यो अभियानमा २ हजार ४६४ रोपनी क्षेत्रफलमा फैलिएको गाँजाको खेती समेटिएको प्रहरीको भनाइ छ।
    कोशी प्रदेश प्रहरीले लागूऔषध सम्बन्धी सूचना पाउनेबित्तिकै नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गरिदिन सबैलाई अनुरोधसमेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # गाँजा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij