वेबटिभी खबर
एजेन्सी । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) साइप्रसको ११औं अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
नयाँ कार्यसमितिमा विभिन्न पदाधिकारीहरु चयन भएका छन् । संघको अध्यक्षमा घाता नन्द पाण्डे चयन भएका छन् भने उपाध्यक्षमा विनोद दुलाल, महासचिवमा रेनुका थापा मगर, सचिवमा राम कृष्ण दाहाल, र कोषाध्यक्षमा मनमाया तामाङ चयन भएका छन् ।
त्यस्तै युवा संयोजकमा अशोक पाण्डे, महिला प्रतिनिधिमा आयुष्मा गुरुङ, र सदस्यहरूमा गोपाल प्रसाद तिमिल्सिना, लाल बहादुर बुढा र टेन्जिङ लामा शेर्पा चयन भएका छन् ।
निर्वाचन समितिको संयोजकमा पिडिला गौतम र सदस्यमा कोपिला बिष्ट रहेकी छन् । नयाँ कार्यसमिति तथा पदाधिकारीहरुलाई संघको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij