वेबटिभी खबर
काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भएका एकै परिवारका १६ जना मध्ये हायू परिवारकी माइली छोरी सम्पर्कमा आएकी छन् ।
तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार हायू परिवारका माइली छोरी सुजता-ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका हुन् । प्रहरीले सार्वजनिक गरेको हायू परिवारका १६ जना बेपत्ता सदस्यको सूचीमा सुजताको नाम पनि उल्लेख थियो । तर उनी बेपत्ता नरहेको भेटिएको हो ।
प्रहरीको सम्पर्कमा आएकी सुजताले परिवारका अन्य सदस्यहरूसँग सम्पर्क हुन नसकेको बताएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij