Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दाउरा लिन जाँदा भेरी नदीको बीचमा फसेका चार जनाको सकुशल उद्धार

दाउरा लिन जाँदा भेरी नदीको बीचमा फसेका चार जनाको सकुशल उद्धार

  • 117
    SHARES
  • दाउरा लिन जाँदा भेरी नदीको बीचमा फसेका चार जनाको सकुशल उद्धार

    काठमाडौं । डोल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीचमा फसेका चार जनालाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार सकुशल उद्धार गरेको छ । 

    त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्द प्रसाद बोहरा, ३५ वर्षीय लाल कुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा आज बिहान दाउरा लिन जाँदा नदीको बीचमा फसेका थिए ।

    दाउरा संकलन गर्ने क्रममा लिन गएका उनीहरु नदीमा अचानक पानी बढेपछि बीचमा अडकिए । नदीको बीचमा मानिस फसेको सूचना पाएपछि सशस्त्र प्रहरी बलको नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपकराज भट्टको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उद्धारमा खटियो । नेपाली सेना र सशस्त्रको संयुक्त टोली उद्धारमा परिचालन भएको थियो । 

    चारै जनाको सकुशल उद्धारगरी उपचारको लागि जिल्ला अस्पताल डोल्पा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य छ ।

  • सम्बन्धित विषय:

  • # उद्धार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij