Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

  • 120
    SHARES
  • आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र बिज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै दिउसो १२ः १५ बजे बस्न लागेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    त्यस्तै,आज बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

    यसैगरी, आज बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची राखिएको छ ।

    त्यसैगरी बिहान ९ः १५ बजेदेखि सुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij