Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सरकारी विज्ञापनले मात्र गोरखापत्र चलेको हो, मेहेनतले होइन : सञ्चारमन्त्री

सरकारी विज्ञापनले मात्र गोरखापत्र चलेको हो, मेहेनतले होइन : सञ्चारमन्त्री

  • 141
    SHARES
  • सरकारी विज्ञापनले मात्र गोरखापत्र चलेको हो, मेहेनतले होइन : सञ्चारमन्त्री

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारी स्वामित्वका सञ्चार सम्वद्ध संस्थाको अवस्थाले दिक्दार भएका छन् । उनले मंगलबार एउटा कार्यक्रममा त्यस्ता संस्थाहरूले केही गर्न नसकेकोमा चिन्ता प्रकट गरे । 

    काठमाडौंमा आयोजित गोस्वारा हुलाक कार्यालयको वार्षिक समीक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशील हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगति गर्न नसक्ने बताए ।

    उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँका कर्मचारीहरूको औसत उमेर नै ५५ देखि छ । त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन । थाकेका रिटाएर हुन लागेका मान्छेहरूको मात्र जमात भएको संस्थाले कसरी संजीवनी प्राप्त गर्न सक्छ ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशील भइरह्यो भने मात्र काम दिन्छ । जमेर बसेको छ भने लेउ लागेर बस्छ । लेउ लागेको संस्थाले कहिले पनि प्रगति गर्दैन ।’

    उनले सबै सरकारी स्वामित्वको निकायहरूको अवस्था एउटै भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।

    Ps-Grg.jpg

    उनले भने, ‘रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ । गोरखापत्र त बाँडेर खाने मात्र हो । सरकारी स्वामित्वको भएको हुनाले सरकारी विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो । आफैँ मेहेनत गरेर होइन । हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो । हुलाकको लागि तपाईंहरूले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस् । यसमा धेरै सम्भावना देखेको छु ।’ 

    नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij