वेबटिभी खबर
जनकपुर । जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताले जनकपुरधाममा टायर बालेर प्रदर्शन गरेका छन् ।
उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादव माथि सरकारले षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै सरकारको विरोध गरेका छन् ।
सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अत्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन् ।
उनीहरूले सो मुद्दा फिर्ता नलिए मधेसभरि आगो बल्ने चेतावनी समेत दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij