Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

नेपाली भूमिबारे भारत र चीनले गरेको सम्झौता आपत्तिजनक : गगन थापा

नेपाली भूमिबारे भारत र चीनले गरेको सम्झौता आपत्तिजनक : गगन थापा

  • 88
    SHARES
  • नेपाली भूमिबारे भारत र चीनले गरेको सम्झौता आपत्तिजनक : गगन थापा

    काठमाडौंनेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरू एक भएर उभिनुपर्ने बताएका छन् ।

    प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले आपसी मतान्तर जे जसो भए पनि भारत र चीनले गरेको सहमतिप्रति घरेलु राजनीतिको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् । 

    उनले भने, ‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । हिजो पनि उभिएका थियौँ आज पनि उभिनुपर्छ । म नेपाली कांग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’  सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन् । प्रतिस्पर्धा आफ्ना ठाउँमा छन् । हामी कसैले पनि यस विषयलाई घरेलु राजनीतिको विषय नबनाऔँ ।’ उनले दुई छिमेकीहरूले गरेको सम्झौता आपत्तिजनक रहेको पनि बताए । 

    ‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिको बारेमा हाम्रो अनुपस्थितिमा एउटा निर्णय गरेछन् । सम्झौता गरेको पढ्यौँ, सुन्यौँ । कांग्रेस पार्टी दुई छिमेकीहरूको व्यवहारप्रति असहमत छ । यो आपत्तीजनक छ । अस्विकार्य छ,’ उनले भने । 

    थापाले नेपाल सरकारले यस सन्दर्भमा लिएको पहलकदमीमा सबैलाई समेटेर अगाडि बढाउनुपर्ने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij