Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर छ : सभापति देउवा

जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर छ : सभापति देउवा

  • 152
    SHARES
  • जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कांग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामकपुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनलेआदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए ।

    उनले भने,‘आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर छ । निरन्तर प्रयासपछि पार्टी समानुपातिक र समावेशि मूल्य मान्यता अनुसार अगाडि बढेको छ । गणतन्त्र, संघीयता, धर्म निरिपक्षता, समानुपातिक समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ । संविधान संशोधन गर्दा प्राप्त गरेको उपलब्धीलाई जोगाउँदै अघि बढ्नुपर्छ ।’

    यस्तै, उनले कांग्रेसले मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गरेको भन्दै उनीहरुको जीवनमा आधारित ‘नेपाली कांग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।

    उनले भने, ‘कांग्रेस तथा मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उहाँहरुको जीवनमा आधारित ‘नेपाली कांग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गरेर उहाँहरुलाई सम्मान गर्न पाउदा एकदमै खुशी लागेको छ ।’

    सोही क्रममा कांग्रेस महामन्त्री गगन थापाले २०१५ को सेरोफेरोेमाराजनीतिमा स्थापित भएको सबैभन्दा असल राजनीतिक व्यक्तित्व कांग्रेसमा नै हुने गरेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij