Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भारतले जित्यो साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि

भारतले जित्यो साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि

  • 130
    SHARES
  • भारतले जित्यो साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि

    काठमाडौं ।  भारतले साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा नेपाललाई ५–० गोलले हराउँदै भारतले एक खेल अगावै उपाधि जितेको हो ।

    यो जितसँगै भारतले ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा समान खेलबाट तीन अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ । हिजो बङ्गलादेश र भुटानले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

    अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् । नेपालको पाँच खेलमा तीन अंक र समान खेलमा भुटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

  • सम्बन्धित विषय:

  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij