Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

  • 167
    SHARES
  • ‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

    काठमाडौं । ‘विद्यालय’ फिल्मका निर्देशक अन्तरिक्ष अधिकारीले ‘विद्यालय’ चलचित्रले अभिभावकलाई सुसुचित गर्ने बताएका छन् ।

    शुक्रबार ‘विद्यालय’ नामक शैक्षिक चेतनामूलक भिडियो प्रदर्शन गर्दै उनले विद्यार्थीका हक हितमा फिल्म बनाएको दाबी गरे । उनले फिल्म प्रदर्शनबाट उठेको पैसाले केही विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्ने पनि बताए ।

    ‘फिल्मको कथावस्तु भन्नाले विद्यालय नै पहिलो घर हो, बाबुआमा पहिलो शिक्षक शिक्षिका हुन् । संस्कार हामीले घरबाट नै दिनुपर्छ ।  फिल्मको मुलभूत उद्देश्य भनेको नै अभिभावकलाई सुसुचित गर्ने हो,’ उनले भने । 

    त्यस्तै उक्त चलचित्र हेर्न आएका विद्यार्थी प्रविन ढुंगानाले चलचित्र सन्देशमुलक भएको बताए । अर्का विद्यार्थी अनिस कार्कीले फिल्म पुरानो शैलीको भएपनि राम्रो रहेको प्रतिक्रिया दिए । 

  • सम्बन्धित विषय:

  • # अभिभावक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij