Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रभु साहको तर्क- मैले एमाले र माओवादीको मतबाट जितेको हुँ, प्रचण्डको कारबाही अमान्य 

प्रभु साहको तर्क- मैले एमाले र माओवादीको मतबाट जितेको हुँ, प्रचण्डको कारबाही अमान्य 

  • 672
    SHARES
  • प्रभु साहको तर्क- मैले एमाले र माओवादीको मतबाट जितेको हुँ, प्रचण्डको कारबाही अमान्य 

    काठमाडौं । नेकपा एमालेमा रहेका नेता प्रभु साहले कुनै एक पार्टीको नेताले गरेको कारबाही मान्य नहुने तर्क गरेका छन् । 

    ०७४ को निर्वाचनमा आफू एमाले र माओवादी केन्द्रको साझा घोषणापत्र र साझा उम्मेदवार भएर प्रतिनिधिसभाको निर्वाचन जितेकाले अहिले आएर कुनै एक पार्टीले गरेको कारबाही मान्य नहुने साहको भनाइ छ ।  

    सांसद पदमा पुर्नवहाली माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका पूर्व माओवादीबाट एमालेमा रहेका प्रभु साहले यस्तो जिकिर गरेका हुन् । 

    सर्वोच्चमा दयार गरिएको रिटमा साहले आफूलाई एमाले र माओवादी केन्द्र दुवैको समर्थन, विश्वास र उम्मेदवारी प्राप्त भएकाले माओवादी अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा गरेको कारबाही मानय नहुने साहको तर्क छ ।

    २६ चैत ०७७ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पत्र पठाएपछि संसद सचिवालयले साहसहित पूर्वमाओवादी नेता तथा सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो । 

    आफूहरुको सांसद पद पुनर्बहालीको आदेश माग गर्दै उनीहरुले बुधबार सर्वोच्चमा रिट पेश गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij