Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

शेयर कारोबार २० मिनेटका लागि बन्द

शेयर कारोबार २० मिनेटका लागि बन्द

  • 102
    SHARES
  • शेयर कारोबार २० मिनेटका लागि बन्द

    काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से, नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो ।

    यस अवधिमा २०० स्टकको १,८५७ पटकको कारोबारमार्फत ३ लाख ३४ हजार २७५ कित्ता सेयर खरिद–बिक्री भइ १५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रकम बराबरको कारोबार भएको थियो ।

    अब बजार ११ः२२ बजे पुनः खुल्नेछ । सोपछि नेप्से परिसूचक थप ५ प्रतिशतसम्म घटे दोस्रो सर्किट लाग्नेछ र कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij