Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपाल बंगलादेशसँग पराजित

नेपाल बंगलादेशसँग पराजित

  • 110
    SHARES
  • नेपाल बंगलादेशसँग पराजित

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।

    श्रीलङ्काको कोलोम्बोमा आज सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एकरएक गोल गरे ।

    जितसँगै तीन अङ्क जोडेको बङ्गलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अङ्कका साथ दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई २-० ले पराजित गरेको थियो ।

    प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ । जसमा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् ।

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij