Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं महानगरमा आज ५० बर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै 

काठमाडौं महानगरमा आज ५० बर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै 

  • श्रावण १४, २०७८ बिहिवार ०८:३३ बजे
  • 559
    SHARES
  • काठमाडौं महानगरमा आज ५० बर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै 

    काठमाडौं | काठमाडौं महानगरपालिकाले आज ५० वर्ष भन्दा माथिका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई लगाउने तयारी महानगरको छ।

    आज ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइने महानगरले जनाएको छ। विहिबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ । खोप लगाउन नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर नजिकैको वडामा जान महानगरले जनाएको छ। 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij