Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाजुरामा चाडपर्वको चहलपहल बढ्दै

बाजुरामा चाडपर्वको चहलपहल बढ्दै

  • 100
    SHARES
  • बाजुरामा चाडपर्वको चहलपहल बढ्दै

    बाजुरा । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो । चाडपर्व नजिकिएकाले बाजुराको सदरमुकाम मार्तडीलगायतका बजारमा उपभोक्ताको भीडभाड बढेको हो ।

    दसैं तिहारमा नयाँ कपडा, सुनचाँदी लगायतका सामाग्री किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको छ ।मार्तडी बजार बाजुराको सदरमुकामसंगै जिल्लाको प्रमुख व्यापारीक केन्द्र भएकाले पनि उपभोक्ताको भीडभाड बढ्ने गरेको छ । दसैं तिहारमा घर आउने मानिसको संख्यामा पनि वृद्धि भएकाले बजारमा चहलपहल बढ्दै गएको हो । माथिल्लो चारवटा पालिका त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोटलगायत जिल्लाका नागरिक मार्तडी हुँदै जाने गरेका छन् ।

    बिशेषतःदसैं तिहारमा सामान किन्ने उपभोक्ता त्यस्तै जिल्ला भित्रिने मानिसले मार्तडी बजारमा चहलपहल बढाएको छ । चाडपर्वले चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाएको छ । बाजुराका प्रमुख व्यापारीक केन्द्रमा व्यवसाय गरिरहेका व्यवसायीहरू सामाग्री बिक्रीबाट सन्तुष्ट देखिएका छन्। दिनुहुँ उनीहरुले राम्रो व्यापार व्यवसाय समेत गरिरहेका छन् ।

    गत वर्षको भन्दा यो वर्ष पनि व्यापार, व्यवसाय करिब दश प्रतिशतले बढि चलिरहेको मार्तडीका कपडा व्यवसायी बडीमालिका एण्ड रविन्द्र फेन्सी स्टोरका प्रोपराईटर जयराज उपाध्यायले बताए । दशै, तिहार नजिकिँदै गर्दा चहलपहल बढ्न थालेपछि व्यापार,व्यवसाय राम्रो चलिरहेको व्यापारी उपाध्ययले बताएका छन् । व्यापार व्यवसाय राम्रो भए पनि सामाग्रीको मुल्य वृद्धिले सामाग्री खरिद विक्रीमा अलि असहजता थपिएको उनको भनाइ छ ।

    चाडपर्व नजिकिँदै गर्दा बजारमा भीड बढिरहेकाले व्यापार,व्यवसायको कारोबारमा अझै सुधार आउने व्यवसायी उपाध्यायको अपेक्षा छ । उपभोक्ताहरुले यतिवेला आफूलाई मन पर्ने सामाग्रीको  मूल्य उच्च भए पनि किनेर लिने गरेका छन् । सदरमुकाम मार्तडीमा मात्रै नभई बाम्का बजार,डाब बजार,बेतालमाण्डौ,गौमुल गाउँपालिकाको घट्मुना त्यस्तै पुर्वी उत्तरी भेगको कोल्टी,जगन्नाथको पिलिचौर,हिमालीको धुलाचौर लगायतका प्रमुख व्यापारीक केन्द्रमा चाडपर्व नजिकिए संगै चहलपहल बढेको हो ।

    बाजुरामा दिनहुँ पाँच सय भन्दा बढी नागरिक जिल्ला भित्रिने गरेका छन्। रोजगार, अध्ययन र अन्य कामको सिलसिलामा बहिरिएका नागरिक चाडबाडका लागि गाउँ फर्किेन थालेपछि यहाँका गाउँबस्तीमा चहलपहल बढेको हो । दिनप्रतिदिन बाहिर बाट मानिसहरु जिल्लामा भित्रिने क्रम बढीरहेको हुँदा जिल्लामा निकै चहलपहल छाएको छ । केहि समय अघि सुनसान रहेका यहाँका गाउँबस्ती यतिवेला भरिएका छन् । गाउँघरमा चहलपहल बढेपनि बजारमा भने चहलपहल घट्ने भएको हो । व्यापार गरिरहेका व्यापारी चाडबाड मनाउँन घर जाने हुँदा बाजुराका प्रमुख व्यापारीक केन्द्र केही समय पछि सुनसान बन्ने भएका छन्।

  • सम्बन्धित विषय:

  • # बाजुरा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij