Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता

बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता

  • 97
    SHARES
  • बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता

    बाजुरा । बाजुराबाट एक महिला १० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका-६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी रहेकी छन् ।

    उनी बाजुराबाट करिब १० दिनदेखि बेपत्ता रहेकी छन् । करिब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका-२ छुदरी स्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्क बिहीन भएकी हुन् ।

    विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउँन नसकेको उनको भनाइ छ ।

    परिवारले मरासिनीलाई कतै फेला पारेपछि ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेका छन् । प्रहरीले पनि उनको खोजी कार्य जारी राखेको छ  ।

  • सम्बन्धित विषय:

  • # बाजुरा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij