Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाढी कारण पाकिस्तानका ४२ लाख मानिस प्रभावित

बाढी कारण पाकिस्तानका ४२ लाख मानिस प्रभावित

  • 142
    SHARES
  • बाढी कारण पाकिस्तानका ४२ लाख मानिस प्रभावित

    एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लाहरूमा धेरै असर पारेको  संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए)ले जनाएको छ ।

    सेप्टेम्बर ८ देखि १८ सम्म प्रदेश सरकारसँगको संयुक्त सहकार्यमा गरिएको सर्वेक्षणमा बाढी प्रभावित १८ जिल्लाका करिब २ हजार गाउँलाई समेटिएको जनाइएको छ ।

    यस सर्वेक्षणले लगभग २८ लाख मानिस विस्थापित बनाएको लगभग एक लाख ६१ हजार ७०० घरहरू क्षतिग्रस्त भएको तथा स्वास्थ्य र शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ ।

    पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ देखि सेप्टेम्बर १९ का बीचमा देशभर करिब ३० लाख मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

    बाढीका कारण १२ हजार ५५९ घरहरू क्षतिग्रस्त हुनुका साथै छ हजार ५०९ वस्तुहरूको ज्यान गएको जनाइएको छ । यसअघि प्रधानमन्त्री शाहबाज सरिफले बाढीमा ज्यान गुमाउनेहरुको परिवारका लागि अनुदान रकम दोब्बर गर्ने घोषणा गर्दै १० लाख बाट बढाएर २० लाख रुपैयाँ पुर्याउनु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बाढी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij