Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

यो वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

यो वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

  • 127
    SHARES
  • यो वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

    काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।

    वि.सं २०३३ मा  बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम  आयोजना गर्दै आएको थियो ।

    कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेका तथा  पार्टी कार्यालयमा आगजनी गरेकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने जनाएको हो ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij