Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

  • 96
    SHARES
  • महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

    जनकपुर । महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय  चुल्हाइ चौधरी रहेका छन् ।  

    घारीबथानबाट खैरमारा हुँदै काठमाडौं जानलागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ ।

    घाइते भएकाहरुमध्ये केहिको अवस्था गम्भिर रहेको छ । दुर्घटनास्थलमा प्रहरी पुगेको छ । स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij