Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

‘एसियाकै पहिलो’ सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास

‘एसियाकै पहिलो’ सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास

  • 605
    SHARES
  • ‘एसियाकै पहिलो’ सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास

    काठमाडौं । बागमती प्रदेश सरकारले मकवानपुरको चुरियामाई मन्दिरसँगैको सुरुङमार्गको पुनः र्निर्माणको शिलान्यास गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमबीच सुरुङ मार्गको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।

    सुरुङमार्ग पुनःनिर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ । उक्त सुरुङ मार्ग एसियाकै पहिलो भएको बताइएको छ । १९ वैशाख ०७९मा १ सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनःनिर्माण गर्ने तयारी गरेको छ । 

    सुरुङमार्गको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिने भएको हो ।  प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij