Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नदी छेउका बासिन्दालाई स्कुल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

नदी छेउका बासिन्दालाई स्कुल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

  • 108
    SHARES
  • नदी छेउका बासिन्दालाई स्कुल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

    काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन् ।

    अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् ।

    उनले सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै भनेका छन् , ‘बागमती नदी वरिपरिका स्कुल कलेजहरूलाई अनुरोध- बागमती नदी छेउछाउमा बसोवास गर्ने बासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुञ्जेल सम्म बस्न अस्थायी व्यवस्था गर्नु पर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराई दिन बिनम्र अनुरोध छ । यसको लागी गृह मन्त्रीज्यूको अनुरोधमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’

  • सम्बन्धित विषय:

  • # नदी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij