Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

८९ जनामा कोरोना संक्रमण पुष्टि

८९ जनामा कोरोना संक्रमण पुष्टि

  • फाल्गुण २४, २०७७ सोमवार १६:५८ बजे
  • 797
    SHARES
  • ८९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा सोमबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको थियो । जसमा ४० जना महिला र ४९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    त्यसैगरी यो अवधिमा ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

    हालसम्म दुइ लाख ७४ हजार ८ सय १० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दुइ लाख ७० हजार ९ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको छ । 

    पछिल्लो २४ घण्टामा कोरोनाले एक जनाको मृत्यु भएको छ । योसमेत हालसम्म संक्रमण भएर मृत्यु हुनेको संख्या तीन हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # संक्रमण
  • # काेराेना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij