Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

देशको सार्वभौमिकतामाथि हमाला भइरहेको छ : केपी शर्मा ओली

देशको सार्वभौमिकतामाथि हमाला भइरहेको छ : केपी शर्मा ओली

  • 157
    SHARES
  • देशको सार्वभौमिकतामाथि हमाला भइरहेको छ : केपी शर्मा ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन् ।

    ओलीले भने, ‘देश बर्बाद पारिँदै छ । देशको अस्तित्व खतरामा छ । देशको अस्तित्व जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ । गृहमन्त्रीले  विभिन्न व्यक्तिहरुलाई बोलाएर फलाना–फलानाका विरुद्ध उजुरी र निवेदन हाल्नुस् भनेर माग गर्नुभएको छ । पासपोर्ट रोक्का गर्ने रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?’

    साथै उनले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छाड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij