Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ओली र प्रचण्डलाई आफैं भेटेका विप्लवले सिपी मैनाली भेट्न प्रतिनिधि पठाए

ओली र प्रचण्डलाई आफैं भेटेका विप्लवले सिपी मैनाली भेट्न प्रतिनिधि पठाए

  • 988
    SHARES
  • ओली र प्रचण्डलाई आफैं भेटेका विप्लवले सिपी मैनाली भेट्न प्रतिनिधि पठाए

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) का नेताले राजनीतिक दलका शीर्ष नेतासँगको भेटलाई तीव्रता दिएका छन् । २८ असारमा सर्वोच्च अदालतको परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेत्रविक्रम चन्द (विप्लव) ले शीर्ष नेतृत्वको भेटवार्तालाई तीव्रता दिएका हुन् ।

    यसैबीच बिहीबार नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सिपी मैनालीलाई विप्लव नेतृत्वको नेकपाका प्रतिनिधिले भेटेका छन् । भेटमा समसामयिक राजनीतिक विषय र कम्युनिस्ट पार्टीको आगामी रणनीतिबारे छलफल भएको भेटमा सहभागी एक नेताले बताए ।

    यसअघि राजनीतिक दलका शीर्ष नेतालाई नेकपाका महासचिव विप्लव स्वयाम्ले भेटे पनि सीपी मैनाली भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र सचिवालय सदस्य धमेन्द्र बास्तोलालाई पठाएका छन् । राजनीतिक परिघटना बदलिरहेका बेला विप्लवले राजतन्त्रवादी, प्रजातन्त्रवादीदेखि कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेटेर छलफल गरिरहेका छन् ।

    यसअघि यी नेतासँग नेकपाका विप्लवलगायत नेताले भेट गरे:

    -३० असार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) 
    -३१ असारमा नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल (नेपाल निवासमा केहीबेरमा प्रचण्ड पनि पुगेका) 
    -१ साउनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई
    -४ साउनमा एमालेमा रहेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाह
    -५ साउनमा एमाले अध्यक्ष केपी शर्मा ओली
    –६ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवा
    -८ साउनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापा
    -१३ साउनमा नेकपा एमाले महासचिव ईश्वर पोखरेल 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij