Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बिहान-बेलुका चिसो, दिउसो गर्मी

बिहान-बेलुका चिसो, दिउसो गर्मी

  • 181
    SHARES
  • बिहान-बेलुका चिसो, दिउसो गर्मी

    सर्लाही । सर्लाहीसहित तराई–मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान–बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ।

    मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो । मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार रुघाखोकी, ज्वरो, एलर्जी जस्ता समस्या फैलिन सक्ने भएकाले स्वस्थ आहार खान, धुलो–धुँवाबाट बच्न र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाइएको छ ।

    सर्लाहीमा एक साताअघि केही दिनसम्म परेको झरीपछि निरन्तर मौसम सफा रहँदै आएको छ । अहिले दैनिक घाम लाग्ने क्रम जारी छ । मौसम अनुकूल बनेपछि धान पाकेका खेतमा किसानहरू भित्र्याउने काममा व्यस्त छन् । अन्य बाली रोप्ने किसान पनि खेतीपातीमा जुटेका छन् ।चिकित्सकहरूले हावामा धुलो र धुँवाको मात्रा क्रमशः बढ्दै जाने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # चिसो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij