Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

  • आश्विन २७, २०८२ सोमवार २२:४७ बजे
  • 90
    SHARES
  • मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताए ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij