Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुग्यो

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुग्यो

  • 104
    SHARES
  • मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुग्यो

    एजेन्सी । मेक्सिकोमा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु  हुनेहरूको सङ्ख्या ४४ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ ।

    मेक्सिकन अधिकारीहरूले विशेष गरी पाहाडी क्षेत्रहरू, हिमश्रङ्खला लगायतका संरचना  पानीको कारण प्रभावित भएको र राहतकर्मीहरू राहत वितरणका लागि हर सम्भव प्रयास गरिरहेको जनाएका छन् ।

    मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्स मार्फत मौसमी अवस्थाका कारण टाढा रहेका समुदायहरूमा एयरलिफ्ट गर्न अनुमति दिएको जनाएका हुन् ।

    फसेका बासिन्दाहरूलाई उद्धार गर्न र प्रभावित समुदायहरूमा खाना पुर्याउन लगभग दश हजार सेना तैनाथ गरिएको छ । मेक्सिकोले सन् २०२५ मा असामान्य प्रकृतीको भारी वर्षाको अनुभव गर्नुका साथै  राजधानी मेक्सिको सिटीमा अहिले सम्मको सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो ।

    अधिकारीहरूले उष्णकटिबन्धीय आँधीबेहरी रेमण्ड र प्रिस्किल्लाका कारण प्रशान्त तटका क्षेत्रहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् ।

    आँधीबेहरी र बर्षा बाट संरचना कमजोर भएको र अझै पनि देशको पश्चिमी भागमा भारी वर्षा भइरहेकोले चियापास, ग्युरेरो, ओक्साका र मिचोआकन राज्यहरूमा क्षति पुरयाइरहेको जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # मेक्सिको

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij