Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

  • 119
    SHARES
  • इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

    एजेन्सी । इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्यांकरमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ ।

    पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्यांकरमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ ।

    आगलागी स्थानीय समय अनुसार बिहान ४ बजे सुरु भएको जनाइको छ । बटुआजीका प्रहरी प्रमुख द्वी लाम्बाङले यस अघि जुन महिनामा एउटा जहाजमा आगलागीको घटना हुँदा चार जना कामदारको मृत्यु भएको जनाएका छन् । अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij