Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

मंसिरभित्रै महाधिवेशन गर्न कांग्रेस नेता कोइरालाको माग

मंसिरभित्रै महाधिवेशन गर्न कांग्रेस नेता कोइरालाको माग

  • 148
    SHARES
  • मंसिरभित्रै महाधिवेशन गर्न कांग्रेस नेता कोइरालाको माग

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

    अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।

    बिहीबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिएका हुन् । उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताउँदै त्यसले कांग्रेसलाई ऊर्जा दिने पनि बताए ।

    डा.कोइरालाले सभापति शेरबहादुर देउवाको मन्तब्यलाई सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणदायी भएको भन्दै तारिफ गरे । उनले जेनजी पुस्ताले उठाएका मागहरुप्रति कांग्रेसले आगामी निर्वाचनमार्फत सम्बोधन गर्नुपर्ने पनि बताए ।

    डा. कोइरालाले कांग्रेस पार्टीभित्र एकताको खाँचो रहेको औंल्याउँदै भने,‘निःसन्देह यतिवेला कांगे्रस भित्र एकताको खाँचो छ । यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ । निर्णय प्रकृयालाई पारदर्शी र सबैैमा ‘विन–विन’को भावना विकास गर्नसके सम्भव हुन्छ । यसबारे पार्टी भित्र व्यापक वहश, छलफल र विश्लेषण जरुरी छ ।’

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij