Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

छठ पर्व सकिएसँगै जलाशय सरसफाई गरिँदै

छठ पर्व सकिएसँगै जलाशय सरसफाई गरिँदै

  • 89
    SHARES
  • छठ पर्व सकिएसँगै जलाशय सरसफाई गरिँदै

    रौतहट । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई यस बर्षको छठ पर्व समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएपछी सम्पन्न भएको हो ।

    रौतहटको चन्द्रपुर, गरुडा, गौर सहित १८ वटै पालिकामा रहेका जलाशयमा पुगेर ब्रतालुहरुले छठ पूजा गरेका हुन । अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई अघ्य दिई छठ मनाएमा मनोकाक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

    छठ सकिएपछि नदी किनारमा समिति तथा स्थानीयले सफाई अभियान थालेका छन । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले यसको व्यवस्थापन गर्न थालिएको चन्द्रपुर छठ पूजा समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । यहा शान्तिपूर्णरुपमा हौसलाका साथ छठ पर्व समापन भएको उनको भनाइ छ ।

    छठ सकिएपछि अहिले घर परिवारका सदस्य तथा आफन्त लाई प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । छठ पर्वको विधि अनुसार पूजा, प्रार्थना र आराधना गरी चार दिनसम्म मनाइन्छ ।

  • सम्बन्धित विषय:

  • # छठ पर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij