Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

  • 163
    SHARES
  • धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

    मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याडगाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् । खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन् ।

    गत जेठ असारमा खत्याडगाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्तित बनेका हुन् । उक्त क्षेत्रका एक सय २५ घर परिवारले धान लगाएको खेतमा आगो लगाएका हुन् ।

    हयाङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली धान हो । भुवा अर्थात पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा बर्षभरी धान खतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन् । खत्याड गाउँपालिका १० का ६५ बर्षीय कृषक धनलाल रोकायाका अनुसार धान रोप्ने समयमा आकाशबाट पानी परेन, खडेरी पर्‍यो अनि बाला लागेन ।

    ‘धानबालीमा फल छैन्, सिंचाइको कुलो बाढीले बगायो त्यसैले यसबर्ष भोकमरी होला जस्तो छ । भारत जाने अवस्था छैन, अब परिवारको विचल्ली हुनेभयो । यस्तो अवस्थामा तीन तहको सरकारबाट राहत पाउने आशामा छौं,’उनले भने ।

    अर्का कृषक चन्द बहादुर रोकाया अर्को बर्ष धानको बिउकै अभाव हुने दुखेसो पोख्छन् । पालिका अध्यक्ष अज बहादुर शाहीका अनुसार समयमा आकाशे पानी नपर्दा धान बालीमा खडेरी भएको हो । यस्तो अवस्थामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट राहतका लागि पहल गर्ने उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij