Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जनकपुरमा राजेन्द्र महतोलाई भव्य स्वागत

जनकपुरमा राजेन्द्र महतोलाई भव्य स्वागत

  • 528
    SHARES
  • जनकपुरमा राजेन्द्र महतोलाई भव्य स्वागत

    काठमाडौं । पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई जनकपुरधाममा स्थानीयले भव्य स्वागत गरेका छन् ।  विभिन्न योजनाको उद्घाटन गर्न बिहीबार जनकपुर पुगेका महतोको स्वागत गर्न हजारौं नेता कार्यकर्ताले जनकपुर विमानस्थल पुगेर महतोको पक्षमा नाराबाजीसहित स्वागत गरेका हुन् ।

    धनुषा क्षेत्र ३ बाट निर्वाचित सांसद महतोको स्वागतमा जसपा प्रदेश सांसद प्रमेश्वर साह, हँसपुरका मेयर रामज्ञान मण्डल र जसपाका केन्द्रीय सदस्यहरु पुगेका थिए । उनले बिहीबार नै स्थानीय कार्यकर्तासँग भेटघाट पनि गरेका थिए । उनका निकटस्थ मानिने जनकपुरधामका मेयर लालकिशोर साह भने स्वागत स्थलमा उपस्थित थिएनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij