Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

[कविता] भरिया र भारी

[कविता] भरिया र भारी

  • 686
    SHARES
  • [कविता] भरिया र भारी

    भरियाहरू भारी हुन्छन् र
    राज्यले भरिया बोक्न शक्तैन ।
    बरू भरियाले राज्य उचाल्छ ।
    राज्यले त उपहास बोकाएर 
    उपहारको उकालो चढाउँछ ।
    राज्य र भरिया,
    आपसमा अनभिज्ञ हुन्छन् । 

    images

    त्यसैले,
    भरिया, भारी र बाटोले चीनजान गर्छन् ।
    कैले भरियाले भारी बोकेजस्तो,
    कैले उकालोले भरिया बोकेजस्तो गर्छन् ।

    भरिया निरन्तरताको पर्याय बनेर,
    उदेश्यको  उकालो चढिरहँदा,
    मुन्टो निकालेर दुलोबाट
    राज्य रमाइलो हेरिरहन्छ ।

    श्रमिकका पाइतालाहरू !
    आफ्नै माटोमा टेक्न चाहन्छन् ।
    लामबद्ध बाटोका भरियाहरू !
    जुलुम बोकेका जुलुस हुँदैनन् ।

    देशले पसिना खोजेका बेला,
    भरियाहरू
    जिन्दाबाद ! मुर्दाबाद हुँदै हुँदैनन् ।
    यीनीहरू !
    अनमोल पसिनाभएर सधैँ
     माटो उर्वर पारि रहन्छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology