वेबटिभी खबर
बंगलादेश । बंगलादेशमा लगातार कोरोना संक्रमिताको संख्या बढ्न थालेपछि सरकारले लकडाउनलाई कडा बनाएको छ ।
कोरोना संक्रमणबाट विश्वका अन्य देशका तुलनामा यहाँ खासै संकट नपरेकोमा बंगलादेशमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणकै कारण बंगलादेशमा २० हजारले ज्यान गुमाइसकेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
सरकारले त्यहाँ केही खुकुलाेसँगै लगाइराखेकाे लकडाउनलाई कोरोना संक्रमित बढेपछि कडा बनाएको हो । विद्यालय पहिलेदेखि नै बन्द थिए । तर होटलहरुलाई भने संचालन अनुमति थियो । संक्रमण बढेपछि आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमित घटेपछि लकडाउनलाई निकै खुकुलो बनाइएको थियो ।
सरकारले संक्रमण बढ्दै गएपछि मानिसलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ । सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निषेध गरिने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij